नयाँ मोटरसाइकल किनेर घर फर्किरहेका दाजुभाइको दुर्घटनामा परी मृत्यु

बाँकेमा नयाँ मोटरसाइकल किनेर घर फर्किँदै गरेका दाजुभाईको दुर्घटना परी ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका -२ मुगुवा पुलनजिकै गएराति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा-३ का २२ वर्षीय आशिष थारू र १९ वर्षीय दिपेश थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।



मृतकहरू दाजु भाइ हुन्। इलाका प्रहरी कार्यालयका असई मनिराम लामिछानेका अनुसार उनीहरू नयाँ मोटरसाइकल लिएर घर जाँदै थिए। प्रहरीका अनुसार दुर्घटनाका गम्भीर घाइते उनीहरूलाई उपचारका लागि कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

सम्बन्धित समाचार