कस्तो छ, कोरोना संक्रमित चित्रबहादुर केसीको स्वास्थ्य अवस्था ?

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चीत्रबहादुर केसीको स्वास्थ्यमा सुधार आएको छ। कोरोना भाइरसको संक्रमणका केसी ललितपुरको मेडीसीटी अस्पतालमा भर्ना भएको केसीलाई ज्वरो,निमोनीया र डायरीयाको समस्या देखिएको थियो।

अहिले भने उनको अवस्था सुधारोन्मुख रहेको राष्ट्रिय जनमोर्चाकी उपध्यक्ष एवम् सांसद दुर्गा पौडेलले बताइन्। ‘उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्यमा सुधार आएको भन्नुभएको छ। जटिलता थियो, अहिले पनि पुरै मुक्त भन्न मिल्दैन तर सुधारोन्मुख छ भन्नुभएको छ,’ उनले भनिन्।



केसीलाई अहिले अक्सिजनसमेत दिन परेको छैन। केसीसँग आफ्नो फोनमा समेत कुरा भएको भन्दै उनले हिजो अलि अलि घाँटी दुखेको भए पनि आज त्यस्तो नरहेको पौडेलले बताइन्।

सम्बन्धित समाचार