आज थपिए २ हजार १११ कोरोना संक्रमित, थप १३ जनाको मृत्यु

शुक्रबार थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ।

त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ।



पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ पुगेको छ ।

सम्बन्धित समाचार