के पार्टी फुटाउँदैछन् प्रधानमन्त्री ओली ? किन भेटे राष्ट्रपतिलाई ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न ओली साँझ शीतल निवास पुगेका थिए । नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ ।

शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप-प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् । शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग यसबारे बालुवाटारमा छलफल गरेका थिए ।



पार्टी कमिटीमा अल्पमतमा रहेका ओलीले पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेको आशंका ओलीइत्तरका शक्तिहरुले गरिरहेका छन् ।

सम्बन्धित समाचार