हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ७ जना नेपालीको मृत्यु

हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन।

मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।



जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन । एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्गले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।

सम्बन्धित समाचार