नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । बुधबार बस्ने सचिवालय बैठक अगाडि अध्यक्ष प्रचण्डले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका हुन् ।
उनले देवेन्द्र पौडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायतका नेताहरुसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभए बैठक सार्ने मनस्थिति बनाएका बेला उनले स्थायी कमिटी सदस्यहरुसँग सल्लाह सुझाव मागेका हुन् ।
मंगलबार बिहान महासचिव विष्णु पौडेलसँग भोलिको बैठकबारे छलफल गरेका अध्यक्ष प्रचण्डले लगत्तै आफू निकट नेताहरुलाई खुमलटार बोलाएका हुन् ।
