मध्यरातमा राष्टपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री, नयाँ दलदेखि संसद विघटनबारे परामर्श

पार्टी विवाद वार कि पारको अवस्थामा पुगेपछि प्रधानमन्त्री केपी ओली पार्टीले संकट समाधानका विषयमा परामर्श गर्न मंगलबार राति शीतलनिवास पुगे । ओली पुग्नुअघि नै राष्ट्रपति विद्या भण्डारीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरिसकेकी थिइन् ।

पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पुर्याएर नयाँ दल बनाउने ओलीको प्रयास जारी छ । तर, त्यसका लागि विद्यमान कानुन बाधक छ। मंगलबार रातिको भेटमा राष्ट्रपतिले प्रचण्डसँगको वार्ताबारे बताउँदै सचिवालय बैठक नरोक्ने प्रचण्डले बताएको सुनाइन् । सचिवालय रोक्न राष्ट्रपतिको प्रयोग गर्दा पनि असफल भएपछि ओलीले अब चाल्ने कदमबारे राष्ट्रपतिसँग परामर्श गरेको स्रोतले बतायो ।



राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत साबित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएकी छिन् । यसबाहेक संसद् विघटनको विकल्पलाई लिएर पनि प्रधानमन्त्रीले राष्ट्रपति र कानुन व्यवसायीसँग संवाद गरेका छन् ।

जारी विवादलाई लिएर पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका ओली सचिवालय सदस्य रामबहादुर थापाले पनि साथ छोडेपछि थप समस्यामा परेका छन् । सचिवालयमा ओलीको पक्षमा महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री इश्वर पोखरेलमात्र देखिएका छन् ।

सम्बन्धित समाचार