सचिवालय बैठक तोकिएकै समयमा बालुवाटारमा बस्ने, एक घण्टा पछि सर्यो मन्त्रिपरिषद् बैठक

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तोकिएकै समयमा बालुवाटारमा बस्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली पनि सहभागी हुने भएका छन् ।

एकाएक प्रधानमन्त्रीले सचिवालयको बैठकसँग समय जुधाएर मन्त्रिपरिषदको बैठक डाकेपछि तरंगित भएको नेकपाभित्रको माहोल केहि मथ्थर भएको छ । बुधबार बिहान भएका छलफलले मन्त्रिपरिषद बैठक एक घण्टा पछि सार्ने र सचिवालय बैठकमा ओली पनि सहभागी हुने समझदारी भएको छ । परिस्थिति जटिल बनेपछि ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।



ओली दिउँसो १ बजे नै सचिवालय बैठक राख्न सहमत भएको सन्देश पौडेलले खुमलटार लागेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक एक घण्टा पछि सारिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि सचिवालय बैठक तोकिएकै समयमा बालुवाटारमा बस्ने जानकारी सामाजिक सञ्जाल मार्फत गराएका छन् ।

सम्बन्धित समाचार