प्रधानमन्त्री ओली किन पुगे फेरि शीतलनिवास ?

प्रधानमन्त्री केपी ओली बुधबार फेरि शीतल निवास गएका छन् । यसअघि मंगलबार राष्ट्रपतिलाई भेटेर फर्केका ओली बुधबार बिहान फेरि शीतल निवास छिरेका हुन्। दिउँसो बस्ने नेकपा सचिवालय बैठकको सन्दर्भमा प्रधानमन्त्रीको शीतल निवास दौडलाई अर्थपूर्ण रुपमा हेरिँदैछ।

उनले आजै बस्ने नेकपाको सचिवालय बैठकसँग समय जुधाएर मन्त्रिपरिषदको बैठक डाकेका थिए । तर सो बैठक एक घण्टा पछि सारेका छन् । म‌ंगलबार ओली भन्दा पहिले प्रचण्ड शीतल निवास गएका थिए।



मंगलबार राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत साबित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएकी थिइन् । यसबाहेक संसद् विघटनको विकल्पलाई लिएर पनि प्रधानमन्त्रीले राष्ट्रपति र कानुन व्यवसायीसँग संवाद गरेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार