प्रचण्ड-नेपाल समूहको दबावपछि बोलाइयो नेकपा स्थायी कमिटीको बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली स्थायी कमिटी बैठक बोलाउन तयार भएका छन् । अब मंसिर १३ गते बस्ने सचिवालयमा ओलीले पनि नयाँ राजनीतिक प्रस्ताव पेश गर्ने र मंसिर १८ गतेलाई स्थायी कमिटी बैठक बोलाएर कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो प्रस्तावमाथी छलफल गर्न ओली तयार भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले ओलीको प्रस्ताव आएपछि दुवै प्रस्तावमा छलफल गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारारणकाजी श्रेष्ठले जानकारी दिए । कार्यकारी अध्यक्ष  प्रचण्डले यसअघि नै प्रस्ताव पेश गरिसकेका छन् ।



प्रचण्ड र माधव नेपाल समूहले निरन्तर दबाव दिएपछि ओली स्थायी कमिटीको बैठक मंसिर १८ गते बोलाउन तयार भएका हुन् । आजको सचिवालय बैठकले २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । यससँगै पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पनि सामना गर्नुपर्ने देखिएको छ ।

सम्बन्धित समाचार