आज थपिए १ हजार ४४२ जना कोरोना संक्रमित, थप १२ जनाको निधन

बितेको २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ५३८ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८२ हजार ७८० पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १ हजार २५९ पुगेको छ।

 

सम्बन्धित समाचार