ओली सरकारको भ्रष्टाचारबारे उनकै पार्टीले आरोप लगाइसकेपछि उनलाई पदबाट हटाउनैपर्छ: डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई आफ्नै पार्टीले यति धेरै आरोप लगाइसकेपछि पदबाट हटाउनैपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै बताएका हुन् ।



उनले लेखेका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य–जनताका मुद्दा प्रतिपक्षी दल–जनताले उठाउनैपर्छ हैः १. राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । २. ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’

सम्बन्धित समाचार