ओली विवाद समाधान भन्दापनि समय लम्ब्याउने खेलमा लागेः नेपाल

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीका विवाद समाधान गर्नेभन्दा पनि समय लम्ब्याउने खेल खेलिरहेको आरोप लगाएका छन् । बुधबार बसेको सचिवालय बैठकमा बोल्दै उनले अहिलेको विवादलाई समाधान गर्नेभन्दा पनि ‘टाइम बाइ’ गर्ने रणनीति अख्तियार गरिएको उनले बताए।

त्यसअघि ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावको जवाफमा अर्को प्रस्ताव ल्याउने भन्दै १० दिनको समय माग गरेका थिए। ओलीको प्रस्तावअनुसार नै बैठक मंसिर १३ गते सम्मका लागि स्थगित गरिएको छ।



गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई ओलीले आफूविरुद्ध आरोपहरुको पत्र भन्दै त्यसको जवाफ दिन समय माग गरेका हुन्।

बैठकमा नेपालले केन्द्रदेखि स्थानीय तहमसम्मको सरकारको काम कारवाहीको गम्भीर समिक्षा गर्नुपर्ने बताएका थिए। नेपालले केन्द्रका मन्त्री, प्रदेश सरकार स्थानीय तहका कामको समीक्षा गर्न ढिला गर्न ढिला गर्नु नहुने बताएका थिए ।

सम्बन्धित समाचार