नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्डलाई बुँदाबुँदामा जवाफ दिने बताएका छन्। बुधबार बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा उनले प्रचण्डप्रति कटाक्ष गरेका हुन्। ‘समयक्रममा तपाईंले बुँदाबुँदामा जवाफ पाउनुहुनेछ’, पोखरेललाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने।
पोखरेलले यसअघि नै सार्वजनिक रुपमै प्रस्तावको आलोचना गरिसकेका छन् । गत शनिबार उनले फेसबुकमा स्टाटस लेख्दै उनले प्रचरण्डको प्रस्ताव स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध भएको बताएका थिए।
गत कात्तिक २८ गते बसेको सचिवाय बैठकमा प्रचण्डले पेश गरेको १९ पृष्ठको प्रस्तावमा ओलीको प्रशस्तै आलोचना गरिएको छ। त्यसले ओली र उनी पक्षका नेताहरुलाई चिढ्याएको छ। जसले गर्दा उनीहरु प्रचण्डले प्रस्ताव लिनुपर्ने पक्षमा थिए।
