यस्तो छ आजको मौसम पूर्वानुमान

आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने भएको छ । उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा नै हुनेछ । मौसमलाई प्रभाव पार्ने खालको कुनै पनि प्रणाली विकास नभएकाले आज र भोलि मौसम बद्ली हुने सम्भावना छैन । बिहान बेलुका तराईका भू-भागमा हल्का कुहिरो लागेपनि दिउँसो घाम लाग्नेछ ।



मौसम सफा हुने भए पनि हावाको तापक्रम भने घट्ने भएकाले चिसो बढ्न सक्ने पनि महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

सम्बन्धित समाचार