नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२, सानु, चित्रेमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ । नेकपा पार्टीको विभिन्न पदमा रही काम गर्दै आएका सयौं व्यक्तिहरू नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस ककनी–काठमाडाैं सम्पर्क समितिका सभापति तथा समाज सेवी ऋषिकुमार तमाङको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा वडाका प्रत्यासी वडा अध्यक्ष तिलक लामा, विद्यार्थी नेता विजय ढुङ्गाना, प्रत्यासी वडा सदस्य दिपेश रुम्बा र तरुण दल संयोजक सूर्य जिम्बाको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।
सयौं युवाहरूले नेकपाको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाउँदै नेकपा परित्याग गरेको सामूहिक घोषण गरी कांग्रेसमा प्रवेश गरेका छन् । हाल समाजमा मौलाउदै गएको बेथिति, विसङ्गति जनप्रतिनिधीको उन्माद, घमण्ड साथै विकासको नाममा भएको चरम भ्रष्टाचारले सीमा नाघेको हुँदा नेकपालाई साइजमा ल्याउन पनि अब नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने र समाज रूपान्तरणमाा कांग्रेसले महत्वपूर्ण योगदान दिन सक्ने कुरामा आफूहरू विश्वस्त रहेको नवप्रवेशी सलोन तमाङ, अमृत तमाङलगायतले नवकान्तिपुरलाई बताए ।
पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूले आउँदा दिनहरूमा टोल टोलमा कांग्रेसको संगठन विस्तार गर्दै यसलाई बलियो बनाउन लागि पर्ने कुरामा सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

