लमजुङका एक कोरोना संक्रमित पुरुषको निधन

लमजुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । लमजुङ बेँसीशहर नगरपालिका-५ का ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।

बेँसीशहर नगरपालिका ५ का ७१ वर्षीय पुरुषलाई २८ गते कोरोना पुष्टि भएको थियो। मृतक पुरुषमा दीर्घ रोग निमोनिया र गम्भीर अवस्थाको हेपाटाइटिस थियो। बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ गते बेलुका पौने ७ बजे मृत्यु भएको हो।



यो सँगै लमजुङमा ३ संक्रमितको मृत्यु भएको छ। कुल संक्रमित ७ सय ५३, संक्रमणमुक्त ६ सय ६४ र उपचाररत ८८ जना छन्।

सम्बन्धित समाचार