आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८५ हजार ६३८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।



नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार २७६ पुगेको छ ।

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा १, झापामा ५१, धनकुटामा १, पाँचथरमा १२, भोजपुरमा १, मोरङमा १ सय २८, संखुवासभामा ९ र सुनसरीमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को धुनषामा १६, पर्सामा १६, बारामा ३, महोत्तरीमा ४, रौतहटमा ३, सप्तरीमा २०, सर्लाहीमा ५ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १६, चितवनमा ८०, दोलखामा १, धादिङमा ९, नुवाकोटमा १४, भक्तपुरमा ७५, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ८९, सिन्धुलीमा ३, रसुवामा २ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा १४, तनहुँमा ११, नवलपरासी पूर्वमा १२, पर्वतमा २, मुस्ताङमा ४, लमजुङमा १२, वागलुङमा १३ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा १२, दाङमा ३२, नलवपरासीमा १२, पाल्पामा १०, बर्दियामा ६, बाँकेमा २१ र रुपन्देहीमा ५७ जनामा कोरोना पाइएको छ। यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४ र रुकुम पश्चिममा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमको कञ्चनपुरमा ३, कैलालीमा ५, डडेल्धुरा ४, दार्चुलामा २, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार