आज १ हजार ९४५ मा कोरोना संक्रमण पुष्टि, थप २२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा गरिएको परीक्षणमा थप १ हजार ९४५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ५३ सय ६४ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९१ हजार २ छ।



आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २९८ पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ३४१ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ४३ हजार ९ सय पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

सम्बन्धित समाचार