पोखरामा एकै दिन ८ संक्रमितको मृत्यु

पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एकै दिनमा मृत्यु हुने अहिलेसम्मकै उच्च हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष हुन् । तीमध्ये २९ वर्षीय पुरुष बाहेक अन्य सबै ५० वर्षमाथिका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचारक्रममा मृत्यु भएको हो । गण्डकी मेडिकल कलेजमा मृत्यु हुनेमा पोखरा–२७ का ७१ वर्षीय कोरोना संक्रमित पुरुष छन् । गत कात्तिक २९ मा कोरोना संक्रमण पुष्टि भएका उनको उपचारक्रममा गएराति मृत्यु भएको हो । उनका निमोनिया र उच्च रक्तचाप समस्या समेत थियो ।



यस्तै, पोखरा–८ का ५४ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भयो । निमोनिया, उच्च रक्तचाप र मिगौंला रोगी उनलाई कात्तिक २३ मा कोभिड–१९ पुष्टि भएको जनाइएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ का ५१ वर्षीय पुरुषको पनि शुक्रबार बिहान सोही अस्पतालमा निधन भयो । उनलाई २ दिनअघि संक्रमण देखिएको हो ।

सम्बन्धित समाचार