नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारिसकेका छन्। तर, उनले हार स्वीकारेका छैनन्। चुनाव हारेका ट्रम्प नोभेम्बर ३ यता ह्वाइटहाउसबाट बाहिर देखिएका छैनन् । यही बीचमा पूर्व राष्ट्रपति बराक ओबामाले ट्रम्पको जिद्दीपन बारे बोलेका छन्। एक अन्तर्वार्ताका क्रममा ओबामाले भनेका छन्, ‘यदि कोही ह्वाइट हाउसको कुनामा बसिरहेको भए, उनलाई बाहिर निकाल्न म हाम्रो नेभिसील कमाण्डोहरूको टोली पठाउँथें।’
नेभिसीललाई विश्वकै खतरनाक कमाण्डो टोलीका रूपमा लिइन्छ। २०११ मे २ को रात पाकिस्तानको एबोट्टावादमा अल कायदाका नेता ओसामा बीन लादेनको हत्या यही नेभिसीलले गरेको थियो।
ओबामा शुक्रबार प्रसिद्ध टिभी कार्यक्रम ‘जिमी किम्ल लाइभ’ मा आफ्नो पुस्तक ‘ए प्रमिस्ड ल्याण्ड’ को प्रमोसनमा सामेल भएका थिए। यस समयमा उनले धेरै प्रश्नहरूको जवाफ दिए। धेरै जसो प्रश्नहरू रमाइलो किसिमका थिए। उही समयमा, जिम्मीले ओबामालाई सोधे, ‘ह्वाइटहाउसमा त्यस्तो कुन ठाउँ छ, जहाँ कोही बाहिर निस्किने डरले लुक्छ, भेट्न गाह्रो हुन्छ?’
बाराकले हाँस्दै जवाफ दिए, ‘मलाई लाग्छ : हामीले हाम्रो नेभिसील कमाण्डोहरू पठाएर जुनसुकै व्यक्तिलाई निकाल्न सक्छौं।’