काठमाडौं महानगरले निःशुल्क पीसीआर परीक्षणका लागि आजदेखि स्वाब संकलन गर्ने

काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गर्ने भएको छ । सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिने भएको हो । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ काम अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुलाई मात्र निःशुल्क पीसीआर परीक्षण गर्न मेयर शाक्यले आग्रह गरे । काठमाडौं उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना सङ्क्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए ।



लकडाउन हटेसँगै बजारमा चहलपहल र भीडभाड बढेको तथा मुख्य चाडपर्व पनि भर्खरै सकिएको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रण गर्न चुनौती रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार