नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

नेपालमा थप एक हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै अहिलेसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ। यससँगै एक लाख ९९ हजार २४ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।
