एक महिनापछि कोरोनामुक्त भए पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोनामुक्त भएका छन् । डा. भट्टराईले कोरोनामुक्त भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

उनले भनेका छन्- ‘एक महिनापछि कोभिड– १९ सँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय होइन । यो महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न, मानव जातिले संयुक्त रूपमा जित्नुपर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।’



गत कात्तिक ७ गते भट्टराई दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

सम्बन्धित समाचार