बालिका हत्याको विरोध प्रदर्शनमा गोली चल्यो, तीन जना घाइते

महोत्तरीको बर्दिबास नगरपालिका-१४ स्थित शुभम वस्तीमा बालिका हत्याको विरोधमा स्थानीयले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेपछि प्रहरीले गोली चलाएको छ । हत्या आरोपीको घरमा स्थानीयले ढुंगामुढा र आगजनी गर्दा थालेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते घाइते भएका छन् । राम कार्की, सन्जय न्यौपाने र अफ्ताव आलमक गोली लागेर घाइते भएका हुन् । घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।



आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले गोली प्रहार गरी स्थिति नियन्त्रणमा लिएको हो । दर्जनौँ सेल अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो ।

सम्बन्धित समाचार