नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।

नेपालमा थप एक हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन्। साथै २ हजार ७९१ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा २ लाख २४ हजार ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ४ हजार ८५८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ। त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३६१ जनाले ज्यान गुमाएका छन्।
