सरकारी जग्गा हडपेको आरोपमा नेकपाका नेता पक्राउ

झापामा सरकारी जग्गा हडेपेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् । सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले झापाको दमकका नेकपा नेता रेवतराज पुरीलाई पक्राउ गरेको हो ।

सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेको अभियोगमा नेता पुरीलाई काठमाडौंबाट पक्राउ गरिएको छ । नेकपा प्रदेश १ का सदस्यसमेत रहेका पुरी गत स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेद्वार थिए । पूर्वमाओवादी निकट रहेका नेता पुरी स्थानीय तहको निर्वाचनमा पराजीत उम्मेद्वार हुन् ।



दमक नगरपालिका ६ स्थायी घर भएका पुरीले वडा नम्बर ८ मा रहेको १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा नामसारी गरेर विक्री गरेको आरोप लागेको छ । पक्राउ परेका पुरीमाथि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने विभाग स्रोतले जानकारी दियो ।

सम्बन्धित समाचार