सम्पर्कविहीन बनेका डीएसपी होटलबाट युवतीसँग रंगेहात समातिए

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग रंगेहात समातिएका छन् । राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाइयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरियो। तर, प्रहरी नायव उपरीक्षक चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका छन्। स्रोतका अनुसार उनी, ‘केटीसहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन्।



‘केटी लिएर बुढीतोला जानुभएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नुभयो होला, यता सम्पर्कविहीन भएपछि खोजी हुन थाल्यो।’ स्रोतले दिएको जानकारीअनुसार उनी केटीसँगसहित रंगेहात समातिएका हुन्। प्रहरीले उक्त घट्नालाई लुकाउन खोजीका छन्।

यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले नायव उपरीक्षक चौधरी आज बिहान आफैँ सम्पर्कमा आएको बताएका छन्। युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित समाचार