मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । बैठकले सहसचिवहरु योगेन्द्र कार्की, गोकर्णमणी दुवाडी र सुरेश आचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

साथै बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। ‘निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ,’ बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने,’कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो।’



त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो। ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो। कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ।

सम्बन्धित समाचार