सुटिङका लागि अमेरिकाबाट मुम्बई फर्किन् सनी लियोनी

भारतमा कोरोना भाइरसको महामारीसँगै लकडाउन शुरु भएपछि केही समय भारतमै बसेकी अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी त्यसपछि अमेरिका गएकी थिइन् । यतिबेला नयाँ फिल्ममा काम गर्नका लागि उनी पुनः मुम्बई फर्किएकी छन् ।

कोभिड–१९ का कारण फिल्म सुटिङसँगै सबै कन्सर्टहरू रोकिएपछि आफूले परिवारसँग लामो समय अमेरिकामा बिताएको यी अभिनेत्रीको कथन छ । उनी पति र आफ्ना केटाकेटीसँग केही महिनादेखि अमेरिकामा बस्दै आएकी थिइन् ।



यसै साता मुम्बई फर्किएकी सनीले फिल्मको छायांकनमा जानु अघि फोटो सुट गरेकी छन् । यतिबेला रातो पहिरनमा आफ्नो नयाँ आवरणको तस्बिर सार्वजनिक गर्दै लामो समयपछि फिल्मको छायांकनमा जान लागेको बताएकी छन् ।

कोभिडका कारण लामो समयदेखि घरमै बस्नुपर्दा फिल्मको काम गर्न पनि बिर्सिसकेको अवस्था आएको यी अभिनेत्रीले ठट्यौली पाराले बताएकी छन् । फिल्मको छायांकन सुरु गरे पनि अहिलेको अवस्थामा जोखिम यथावत् रहेको र परिवारमा साना केटाकेटीसमेत भएकाले कोरानाबाट आफू पूर्ण सुरक्षित रहनुपर्ने यी अभिनेत्रीको कथन छ ।

सम्बन्धित समाचार