नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २३६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ९ हजार ४४३ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १७ लाख १० हजार ४ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४४३ जना पुगेको छ ।
