आज काठमाडौंको तापक्रम यो वर्षकै कम

काठमाडौंमा शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिको छ । शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो ।

राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर राति बादल लागे बिहानको तापक्रम बढ्छ ।



‘राति बादल लाग्दा जमिन चिसिन पाउँदैन त्यही भएर बिहानको तापक्रम घट्दैन तर राति मौसम खुला भए जमिन पनि चिसिएर तापक्रम घट्छ’, उनले भने । केही दिन यता देशका पहाडी क्षेत्रको मौसम बदली गराएको प्रणाली हटेकाले अबको केही दिन देशभरी कै मौसम सफा रहने उनको भनाइ छ । मौसम सफा भएसँगै देशभरी नै अझै चिसो बढ्नेछ ।

सम्बन्धित समाचार