नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनको टिप्पणी गरेका छन् । डा. भट्टराईले ओलीको प्रतिवेदन इतिहासका सबै निरंकुशरफासिष्ट शासक झैं आफुबाट कहिल्यै कुनै गल्तीरकमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्किएको बताएका छन् ।
डा. भट्टराईले अब अरुको अगाडी यस्तो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प नभएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्-‘ओलीको ५३ बुँदे दस्ताबेज पढ्दा इतिहासका सबै निरंकुशरफासिष्ट शासक झैं आफुबाट कहिल्यै कुनै गल्तीरकमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो । अब अरूकोनिम्ति यो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प देखिएन है !’
