दुई किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान

कैलालीमा दुई किशोरीमाथि सामूहिक रुपमा जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका-५ का धीरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

उनीहरुसहित ९ जनाले गत कात्तिक ८ गते जानकी गाउँपालिका-५ का १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेका प्रहरीले जनाएको छ। जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।



बलात्कारमा संलग्न ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जनालाई बाल सुधार गृह पठाइएको छ । बलात्कार आरोपी एकजना अझै फरार रहेका प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार