नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । आज ८ हजार ८ जनाको पीसीआर परीक्षण भएको थियो।
त्यस्तै, संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। अहिलेसम्म संक्रमणबाट एक हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन्।
साथै, १ हजार ४०४ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई निको भइसकेको छ। निको हुनेको दर ९१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
