प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर भेटे चिनियाँ रक्षामन्त्रीले

प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपालको एक दिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा आइतबार साँझ शिष्टाचार भेट गरेका हुन्।

आइतबार बिहान काठमाडौं आइपुगेका उत्तरी छिमेकी चिनियाँ नेताले केहि बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आजै यहाँबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।



यसअघि नेपाली सेनालेफेङ्हेलाई गार्ड अफ अनर प्रदान गरेको थियो। रक्षामन्त्री फेङ्हेलाई जङ्‍गी अड्‍डामा गार्ड अफ अनर प्रदान गरिएको हो। एकदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका फेङ्हेले जङ्‍गी अड्‍डामा सम्मान ग्रहण तथा निरीक्षण गरेका हुन्।

सम्बन्धित समाचार