नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।

नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो ।
पौडेलको आज ६२औं जन्मदिन परेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए ।
बैठकमा कात्तिक २८ गते सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन र प्रधानमन्त्री ओलीले १३ गतेको बैठकमा फर्काएको प्रत्युत्तरबारे छलफल भैरहेको छ । प्रधानमन्त्री ओलीले मंसिर १३ गते सचिवालयमा पेश गरेको प्रतिवेदनको जवाफ अध्यक्ष प्रचण्डले लिने कार्यसूचि रहेको छ ।
