आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१ र सुनसरीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



प्रदेश २ को धुनषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिरहामा ५ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा ८५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासी पूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, वागलुङमा १३ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा १४, प्यूठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ४५ जना कोरोना संक्रमित थपिएका छन।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ र बैतडीमा १८ कोरोनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार