अनियमितताको आरोपमा दुई प्रहरी उपरीक्षक र एक प्रहरी निरीक्षक निलम्बनमा

अनियमितता गरेको आरोप लागेपछि प्रहरी उपरीक्षकद्वय रामेश्वर यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार उनीहरु तीन जनाले अनियमितता गरेको उजुरी परेकाले छानबिनका लागि निलम्बन गरिएको हो ।



छानबिनको दायरा फराकिलो पार्न उनीहरुलाई निलम्बन गरेको उनले बताए ।

सम्बन्धित समाचार