नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

नेकपा सचिवालय बैठक मंसिर २० गते सम्मका लागि स्थगित भएको छ। अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै सचिवालयको बैठक २० गते १ बजे बस्ने जानकारी दिएका हुन्।
यता आजको बैठकमा प्रधानमन्त्री अन्य नेता भन्दा केही ढिला उपस्थित हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएपछि कार्यकारी अध्यक्ष प्रचण्ड समूहले सचिवालय बैठक शुरु गरेको थियो ।
बैठकमा ओलीले मंसिर २० सम्म बैठक स्थगित गर्न आग्रह गरेकोले सो बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन दवाव दिने निर्णय गर्दै बैठक स्थगित गरिएको थियो ।
