नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

लमजुङमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले पोखराले दिएको जानकारीअनुसार थपिएका संक्रमित सबै सुन्दरबजार नगरपालिकाका रहेका छन् ।
यससँगै लमजुङमा कोरोना संक्रमितको संद्यया ६६८ पुगेको छ । संक्रमितमध्ये ५८५ जना निको भैसकेका छन् ।
लमजुङका ४ जनाको भने कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।


