गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा पाउन सकिएन : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्रमा पनि प्रहरीको पेलानवाट छुटकारा पाउन नसकिएको गुनासो गरेका छन । गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि पौडेलले प्रहरीप्रति यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको उल्लेख गरेका छन् । असली गणतन्त्र साकार हुनेमा समेत नेता पौडेलले चिन्ता प्रकट गरेका छन् । प्रहरीको कुटाइबाट हिजोभन्दा करङ बढी दुखेको पनि उनले उल्लेख गरेका छन् ।



मंगलबार पुल उदघाटनका लागि पुगेका पौडेललाई प्रहरीले तीनघन्टा नियन्त्रणमा लिएर छाडेको थियो । स्थानीय उपभोक्ता समितिको सर्वसम्मतिले निर्णय गरेरै पौडेललाई पुल उदघाटनका लागि बोलाएपनि उनलाई उदघाटनस्थलसम्म जान प्रहरीले रोकेको थियो ।

सम्बन्धित समाचार