कोरोना संक्रमण फैलिएपछि लमजुङको सुन्दरबजार एक हप्ताको लागि बन्द

लमजुङको सुन्दर बजार नगरपालिमा पछिल्लो समय कोरोना संक्रमित बढिरहेका छन् । हिजोमात्र त्यहाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लगतै सुन्दरबजार नगरपालिका एक हप्ताको लागि बन्द गरिने भएको छ ।

सुन्दर बजार नगरपालिका र नगरपालिकाको ११ बटा वडा बाट दिइने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु आजबाट १ हप्ता सम्म बन्द गरिएको सुन्दर बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर तिवारीले जानकारी दिए ।त्यस्तै विद्यालयहरुको पठन पाठन पनि १० दिनको लागि बन्द गरिएको तिवारीले जानकारी दिए ।



संक्रमण समुदायमा नफैलियोस् भनेर एक हप्ताको लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको तिवारीको भनाई थियो ।

सम्बन्धित समाचार