आज थपिए १ हजार ३४३ जना कोरोना संक्रमित,थप १३ जनाको मृत्यु

नेपालमा आज थप १ हजार ३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २८९ जनाको पीसीआर परीक्षणमा १ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २ हजार १११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २० हजार २ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९२ दशमलव ७ प्रतिशत रहेको छ ।



कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५५१ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जना संक्रमित फेला परेका छन् ।

सम्बन्धित समाचार