सम्झना बिकको बलात्कारपछि हत्या गर्ने युवक प्रहरीलाई छलेर फरार

बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका सोही गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा फरार भएका हुन् ।

बोहरालाई डोटीस्थित बाल सुधार गृहमा राखिएको थियो । बाल सुधार गृहमा रहेका बोहरालाई कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो ।



अस्पतालको आइसोलेसनमा रहेका बोहरा त्यहीबाट भागेर फरार भएको डोटी प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर मल्लले बताए । कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका बोहराको निगरानीको लागि आइसोलेसन बाहिर प्रहरी तैनाथ रहेका भएपनि प्रहरीलाई छलेर बोहरा भाग्न सफल भएको घटना शंकास्पद रहेको छ ।

सम्बन्धित समाचार