आज थपिए १ हजार २७२ जना कोरोना संक्रमित, थप १६ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २७२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। पछिल्लो अपडेट अनुसार १५ हजार ४४७ जना सक्रिय संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ।



आज कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ।

सम्बन्धित समाचार