आज देशका यी स्थानमा हुनेछ हल्का वर्षा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो तीन वटा प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यूनचापीय प्रणाली बनेकोले आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।



यस्तै, आज राति प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको जनाइएको छ।

 

सम्बन्धित समाचार