सचिवालय बैठकअघि ओलीसँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। शनिबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकभन्दा आधा घण्टा अगाडि प्रचण्ड बालुवाटार पुगेका हुन्।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्ष प्रचण्ड बालुवाटार पुगेको जानकारी दिए। उनले सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र महारचिव विष्णु पौडेल पनि बालुवाटारमै रहेको जानकारी दिए।



सचिवालय बैठक अगाडि प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारी गरेका छन् । आजको बैठकमा पनि उपस्थित नहुने तयारीमा रहेका ओलीलाई बैठकअघि भेटेर बैठकमा उपस्थित नभए बहुमतको आधारमा निर्णय गर्दै बैठक अगाडि बढ्ने जानकारी दिने तयारीमा प्रचण्ड रहेको बताइन्छ ।

सम्बन्धित समाचार