नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आआफ्नै अडानको कारणले नेकपाभित्रको विवाद बढिरहेको छ। कात्तिक २८ गते बसेको सचिवालयमा बैठकमा अध्यक्ष दाहालले ल्याएको प्रस्ताव र प्रधानमन्त्री ओलीले त्यसको प्रतिउत्तर मंसिर १७ गतेको बैठकमा फर्काएको जवाफ बारेमा छलफल गर्नका लागि सचिवालय बैठक बस्न बसेको हो।
प्रचण्डले ल्याएको प्रस्तावमा मंसिर १६ गतेबाट छलफल शुरु गरे पनि त्यसपछिको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन्। १७ गतेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि आजका लागि बैठक राखिएको थियो। तर, आजको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएको उनका प्रेस सल्लाहकार सूर्यथापाले बताए।
सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो। कात्तिक २५ गतेपछि आज ओली प्रचण्ड भेटवार्ता भएको हो।
