नेकपा सचिवालय बैठकमा जुट्याे यस्तो सहमति

नेकपा सचिवालय बैठक दुवै अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको बैठकलेअध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका दुवै प्रतिवेदन भोलि बस्ने स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटिको बैठक निश्चित गर्दै उक्त बैठकमा नै अब पार्टीको संकट र त्यसको निवारणसम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय भएको छ ।’ पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत प्रतिवेदनहरु स्थायी कमिटीमा छलफल गरेर अघि बढ्ने सहमति जुटेको प्रवक्ता श्रेष्ठले बताए ।



स्थायी कमिटीको बैठक पूर्व निर्धारित कार्यसूची अनुसार आइतवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै बस्ने निश्चित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। दुई अध्यक्षबीच आज भएको छलफलमा कुनै सहमति नभएको उनले जानकारी दिए।

 

सम्बन्धित समाचार